काठमाडौं । नेपालमा थप ३ जनामा कोभिड १९ कोरोना भाईरसको संक्रमण भएको फेला परेको छ ।
धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनु भयो ।
संक्रमित तीनैजना पुरुष भएको बताईएको छ । यो समेत नेपालमा कोरोनाबाट संक्रमित भएकाहरुको संख्या ४५ पुगेको छ ।
यसैबीच आज कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना र काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकलतथा सरुवा रोग अस्पतालबाट एकजना गरी जम्मा २ जना निको भई घर फर्किएका छन् ।
यसरी हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ पुगेको छ । नेपालमा हाल ८ हजार ५ सय ९५ जना क्वारेण्टाईनमा र ९५ जना आईसोलेसनमा रहेका छन् ।