Homeजापान विशेषटाेकियाेमा २५ अप्रिल देखि ‘स्टे हाेम वीक’

टाेकियाेमा २५ अप्रिल देखि ‘स्टे हाेम वीक’

तीन दिनमा एक दिन मात्र किनमेलका लागि बाहिर निस्कन अनुरोध
Sagun Sandesh

लगातार बढीरहेकाे काेराेना भाइरसकाे प्रकाेप कम गर्नका लागि टाेकियाेमा आगामी २५ अप्रिल देखी ६ मई सम्म ‘स्टे हाेम वीक’ लागु गरिने भएकाे छ ।

काेराेना भाइरस संक्रमणलाइ नियन्त्रण गर्न जापान सरकारले देश भरी संकटकाल घाेषणा गरेपनि जापानका शहरी क्षेत्रमा भिडभाड कम भएकाे छैन । बाक्लाे जनसंख्या तथा ब्यस्त टाेकियाेका दैनिक १ सय जना भन्दा बढी संक्रमित देखिएकाले यसलाइ कम गर्नकालागि आगामी २५ अप्रिल तारीक देखी ६ मई सम्मका १२ दिन ‘स्टे हाेम वीक’ अर्थात ’जीवन रक्षाका लागि घरबाट बाहिर न निस्काैं’ भन्ने दाेश्राे चरणकाे कार्यक्रम रहेकाे आज (बिहिवार) पत्रकार सम्मेलनगरी टाेकियाेकी गभर्रनर युरिको कोइकेले बताएकी छन् । उनले गोल्डेन विकको बिदामा सबैलाई घर भित्रै बस्न र अन्य प्रिफेक्चरहरुमा नजानका लागि समेत अनुरोध गरेकी छन् ।

जापानमा संकटकाल घोषणा गरेपछि जापानका शहरी क्षेत्रहरूमा मानिसहरुको भिडभाड घटे पनि सुपरमार्केट तथा शपिङ्ग सेन्टरहरुमा भने भिडभाड झन बढेको पाइएको छ । बिहिवार आयोजित पत्रकार सम्मेलनमा गभर्रनर कोइकेले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न र सुपमार्केटहरुमा देखिएको भिडभाड घटाउन जरूरी रहेकाे बताउँदै टोकियोबासीहरुलाई तीन दिनमा एक दिन मात्र किनमेलका लागि बाहिर निस्कन अनुरोध गरेकी छन् । उनले भनिन् “अर्को दुई हप्ता टोकियो र जापानका लागि महत्वपूर्ण समय हुनेछ। घरमै बस्नुहोस्, म दृढतापूर्वक नागरिकहरूलाई अपील गर्न चाहन्छु।”

टोकियोमा बिहिवार १ सय ३४ जना कोरोना भाइरसको संक्रमित थपिएका छन । योसंगै टोकियोभित्र संक्रमित हुनेहरुको संख्या ३ हजार ५ सय ७३ जना पुगेको छ भने ५९ जना संक्रमित निको भएका छन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय