Homeअन्तर्राष्ट्रियटोकियोमा आज ७२ जनामा कोरोना संक्रमण पुष्टि

टोकियोमा आज ७२ जनामा कोरोना संक्रमण पुष्टि

Sagun Sandesh

टोकियो । जापानको राजधानी टोकियोमा आईतवार ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बिगत १३ दिनकाे अवधिमा संक्रमितकाे संख्या एक सय भन्दा कम भएकाे याे पहिलाे हाे ।

जापानी समाचार संस्था एन्एचकेले दिउँसो ०४ः३३ बजे प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएकाे छ। टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ३ हजार ९ सय ८ पुगेको छ ।

जापानभरमा संकटकाल घोषणा गरिएको छ, संक्रमितहरुको संख्या निरन्तर बढ्दै गएका टोकियो सहितका अन्य स्थानहरुमा विशेष सतर्कता अपनाउनुका साथै प्रधानमन्त्री शिन्जो आबे लगायत विभिन्न प्रान्तका गभर्नरहरूले अत्यावश्यक कामका लागि बाहेक घरवाट बाहिर ननिस्कनका लागि जापानवासी जनतालाइ पटक–पटक आग्रह गरिरहेकाछन ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय