जापानमा फेरि अर्का एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
खानागावा केनमा विगत १० वर्षभन्दा लामो समयदेखि बस्दै आएका ४८ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । केहि दिन अघि ज्वरो तथा रुघा खोकी देखापरेपछि अस्पताल पुगेका उनलाई कोरोनाको परिक्षण गर्दा, कोरोना संक्रमण पुष्टि भएको हो । उनी ३ दिन अघिनै संक्रममित भएकाे पुष्टि भएता पनि बुधबार बिहान एनआरएनए जापान कोरोना संक्रमण सहयोग संयन्त्रकी संयोजकलाई आफैले फोन सम्पर्क गरि जानकारी गराएपछि घटना बाहिर आएको हो ।
स्रोतका अनुसार हाल उनको अवस्था सामान्य नै रहेकाले घरमै बसेर बसेर औषधी सेवन तथा आराम गर्न सुझाईएको छ । परिवारसंगै बस्दै आएका उनको परिवारका अन्य सदस्यमा भने, हालसम्म संक्रमण नदेखिएको जनाईएको छ । यसबारे, नेपाली राजदूतावास टाेकियाेले थप जानकारी लिनेक्रममा रहेको जनाईएको छ ।
यस संगै जापानमा कोरोना संक्रमित नेपालीको संख्या ४ जना पुगेको छ भने १ जना निको भई घर फर्किसकेकि छिन् ।