Homeलुम्बिनी प्रदेशबाँकेमा थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

बाँकेमा थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

Sagun Sandesh

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या ८२ पुगेको छ । आज भेरी अस्पताल, नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

नेपालगञ्ज ८ का २२, ३०, ४० वर्षका पुरुष तथा ९, ३२, ३४, र ५५ वर्षका महिलामा आज कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन् ।  

यी सात जना पनि यसअघि १५ जना संक्रमित देखिएका नेपालगञ्ज वडा नं. ८ का बासिन्दा हुन् । पहिलो संक्रमित ६० वर्षीय पुरुष नेपालगञ्ज वडा नं. ७ का भएपनि यी सबै उनकै सम्पर्कमा रहेका व्यक्तिहरु हुन् । ६० वर्षिया मदरसाका शिक्षक वडा नं. ८ को मस्जिद र मदरसामा दैनिक जाने गर्दथे । ६० वर्षिया पहिलो संक्रमितको सम्पर्कमा रहेका ९४ जनाको स्वाव संकलन गरिएको थियो । त्यसमा २२ जनामा संक्रमण देखिएको भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले बताउनुभयो । अस्पतालबाट शुरुमा ३० जनाको रिपोर्ट आउदा ९ जना, २५ जनाको रिपोर्ट आउदा ६ जना र ३९ जनाको रिपोर्ट आउदा ७ जनामा संक्रमण देखिएको छ ।

कोरोना संक्रमित १६ जनालाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन कक्षमा राखिएको छ । थप ७ जनालाई पनि त्यही लैजाने तयारी भएको छ । बाँके प्रहरीले ६० वर्षीय संक्रमित र उनले सारेका अन्य २२ जना संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी गरिरहेको छ । संक्रमितहरुसँग भिडियो कल गर्दै डिटेल बुझ्ने काम भइरहेको छ ।
नेपालगञ्जको एउटै वडामा ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले आज विहान ११ बजेदेखि २५ गते रातीसम्म नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा गरेको छ । कोहीलाई पनि घर बाहिर निस्किन नदिने र यस बीचमा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गरेर उनिहरूको स्वाव लिने बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले बताउनुभयो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय