Homeसमाचारटोकियोमा गत ८ दिनमा सय भन्दा कम, आज‍‍ २२ जनामा कोरोना संक्रमण...

टोकियोमा गत ८ दिनमा सय भन्दा कम, आज‍‍ २२ जनामा कोरोना संक्रमण पुष्टि

टोकियोमा गत ५ दिन यता ४० भन्दा कम संक्रमित
Sagun Sandesh

टोकियो । जापानको राजधानी टोकियोमा आाईतवार २२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गत ८ दिन यता संक्रमितकाे संख्या १ सय भन्दा लगातार कम भएकाे छ ।

जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि २२ जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको छ। आईतवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ४ हजार ८ सय ६८ पुगेको छ ।

जापानभरमा संकटकाल घोषणा गरिएको छ, संक्रमितहरुको संख्या निरन्तर बढ्दै गएका टोकियो सहितका अन्य स्थानहरुमा विशेष सतर्कता अपनाउनुका साथै प्रधानमन्त्री शिन्जो आबे लगायत विभिन्न प्रान्तका गभर्नरहरूले अत्यावश्यक कामका लागि बाहेक घरवाट बाहिर ननिस्कनका लागि जापानवासी जनतालाइ पटक–पटक आग्रह गरिरहेका छन ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय