Homeसमाचारनेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१ पुग्याे

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१ पुग्याे

Sagun Sandesh

काठमाडौं । सप्तरीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डाक्नेश्वरी नगरपालिका ३  का १८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । 

मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले थप एकजनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको बताए । उनले भने, “धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो । उनी हाल स्वास्थ्यकर्मीको सम्पर्कमै छन् ।”

कपिलवस्तुमा सोमबार बिहानै १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय