काठमाडौं। नेपालमा आज थप २७ जनामा संक्रमण देखिएको छ। यस सँगै नेपालमा संक्रमितको संख्या ४०२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौं, भक्तपुर, ललितपुरसहितका विभिन्न जिल्लाहरूमा संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३, भक्तपुर र ललितपुरमा एक/एक जना संक्रमित थपिएका छन्।त्यस्तै, झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लम्जुङ १, कपिलवस्तु ४ र नवलपरासीमा १ गरेर २७ जना नयाँ संक्रमित थपिएका हुन् ।
यस्ताे छ देशभरीकाे काेराेना संक्रमणकाे अवस्थाः