काठमाडौं। नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४५७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रूपन्देहीमा गरिएको परीक्षण थप तीन जनामा संक्रमण पुष्टि भएको हो।
बाँकेको नरैनापुर -३ निवासी ३२ वर्षीय, खजुरा-३ निवासी ४२ वर्षीय महिला र कपिलवस्तु शुद्धाेधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष छन्।
संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन्।