टोकियो । जापानको राजधानी टोकियोमा बिहिवार १५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । लगतार घट्दै गएकाे संक्रमितकाे संख्या ३ दिन यता १० भन्दा माथी देखिएकाे छ।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि १५ जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको छ। बिहिवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ५ हजार १ सय ९५ पुगेको छ ।