काठमाडौं । काठमाडौंमा एक जना चिकित्सक र तीन जना नर्सलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
उनीहरुमध्ये सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)का एक जना चिकित्सक तथा दुई जना नर्स र महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरकी एक जना नर्स भएको खुलेको छ।
केएमसीमा केहीदिन अघि एक जना युवकको शल्यक्रिया गरिएको थियो। शल्यक्रया पश्चात मात्रै उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
यस्तै मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पनि मुटुको उपचार गराइरहेकी एक जना ५४ वर्षीया महिलामा कोरोना देखिएको थियो। उनी निको भएर डिस्चार्ज भइरसकेकी छन्।
यसअघि पनि काठमाडाैँमा इपिडिमियोलाेजी तथा रोग नियन्त्रण महाशाखाका एक जना चिकित्सकमा कोरोना देखिएकाे थियाे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार अपराह्न नियमित ब्रिफिङका क्रममा काठमाडौंमा चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको पुष्टि गरेका थिए।