Homeसमाचारनेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

Sagun Sandesh

काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हिजो, २२ जेठमा सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएपछि मृत्यु भएका युवकमा थ्रोट स्वाब नमूनाको परीक्षणको नतिजा कोभिड-१९ पोजिटिभ  पुष्टि भएसँगै उनको मृत्यु कोरोना संक्रमणबाट भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १८ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिए।

१४ दिन क्वारेन्टाइनमा बसेका ती युवकलाई दुईपटक आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएको थियो।

मृत्युपछि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो।

Sagun Sandesh

भर्खरै

लोकप्रिय