Homeसमाचारनेपालमा एकै दिन २७८ जानामा कोरोना संक्रमण, संक्रमित संख्या २९१२ पुग्यो

नेपालमा एकै दिन २७८ जानामा कोरोना संक्रमण, संक्रमित संख्या २९१२ पुग्यो

Sagun Sandesh

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ भने एकै दिन (शुक्रबार) २७८ जानमा कोरोना संक्रमित थपिएका छन्। यस्तै कोरोना भाइरसकै कारण नेपालमा ११ जनाले ज्‍यान गुमाइसकेका छन् भने ३ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् जसमा शुक्रबार मात्रै ४३ जना कोरोनालाई जितेर घर फर्किएका छन्।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सुनसरीका २१, झापाका ३१, मोरङका ६, अर्घाखाँचीका १, नवलपरासीका २, पाल्पाका १, रुपन्देहीका १८, सिन्धुलीका २, बाराका ३, तनहुँका २, भोजपुरका ५, कैलालीका ४, अछामका १,बझाङका १, डढेलधुराका ५, रामेछापका १८, काभ्रेका ५, दैलेखका ९०, गोर्खाका १, सुर्खेतका १,दाङका १, धनुषाका ४, गुल्मीका १, कपिलवस्तुका ४४,कास्कीका १, महोत्तरीका १७ र रौतहटका ६ जना संक्रमित थपिएका हुन्।

शुक्रबार संक्रमित भएकामध्ये २६७ जना पुरुष र ११ जना महिला छन्। यस्तै संक्रमित जिल्ला पनि ६८ पुगेको छ। गोर्खा, कास्की र हुम्लामा पहिलो पटक संक्रमण पुष्टि भएको हो।

Sagun Sandesh

भर्खरै

लोकप्रिय