Homeसमाचारनेपालमा आइतबार थप २१३ मा कोरोना संक्रमण पुष्टि

नेपालमा आइतबार थप २१३ मा कोरोना संक्रमण पुष्टि

Sagun Sandesh

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या ३ हजार ४ सय नाघेको छ । आइतबार थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा २ सय १३ नयाँ संक्रमित थपिएको जानकारी दिनुभयो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय