Homeसमाचारनेपालमा कुल संक्रमित ४३६४, निधन १५, संक्रमणमुक्त ६७४

नेपालमा कुल संक्रमित ४३६४, निधन १५, संक्रमणमुक्त ६७४

Sagun Sandesh

काठमाडाैं । नेपालमा कोरोना संक्रमितको संख्या ४३ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ।

बुधबार मात्रै २ सय ७९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। जसमध्ये २ सय ५७ जना पुरुष र २२ जना महिला छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितहरु मोरङका ८ ,झापाका ५, चितवनका २, उदयपुरका ४, नवलपुरका १, सर्लाहीका २७, कपिलवस्तुका ४८, नवलपरासीका ५, पाल्पाका १२, प्युठानका ६, रुपन्देहीका ७ जना रहेका छन् ।

यस्तै बाँकेमा ३, बर्दियाका १, सप्तरीका ६, दैलेखका २५, जाजरकोटका ३, सुर्खेतका ९, दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २, डढेलधुराका १, धादिङका १६, धनुषाका ११, गोर्खाका ४, नुवाकोटका १, रौतहटका ५३, सिन्धुपाल्चोकका २ र सिराहाका १ जना संक्रमित थपिएका हुन्।

कोरोना भाइरसको संक्रमणका कारण  नेपालमा हालसम्म १५ जनाले ज्यान गुमाइसकेका छन्।

मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ४ सय १४ र आरडिटी विधिबाट ६ हजार ७ सय २२ वटा परीक्षण भएको जानकारी दिएको छ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा बुधबार प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म पीसीआरबाट कुल १ लाख १० हजार ७ सय ४४ र आरडीटीबाट १ लाख ७२ हजार ८ सय ८० वटा परीक्षण भएको जानकारी दिए।

डा. गाैतमका अनुसार हाल देशभर १ लाख ७२ हजार २ सय ६६ जना क्वारेन्टिनमा र ३ हजार ६ सय ७५ जना आइसोलेशनमा छन्।

७७ जिल्लामध्ये हालसम्म ७२ जिल्लामा कोरोना फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय