Homeसमाचारनेपालमा आइतबार थप ४२५ नयाँ कोराना संक्रमित, कुल संक्रमित ५७६०, निधन...

नेपालमा आइतबार थप ४२५ नयाँ कोराना संक्रमित, कुल संक्रमित ५७६०, निधन १९, संक्रमणमुक्त ९७४

Sagun Sandesh

काठमाडौं । नेपालमा आइतबार थप  ४सय २५ जना नयाँ कोराना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कारोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ। तीमध्य ५३२४ पुरुष र ४३६ जना महिला छन्।

यस्तै कोरोना भाइरस संक्रमणबाट आज एकजनाको मृत्यु भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिए।

गौतमका अनुसार मोरङका २५, सुनसरीका १, झापाका १, सप्तरीका १०, पर्साका १७,बाराका ९,सर्लाहीका ६, रौतहटका ७६, नवलपरासीका ४, बझाङका ५, डडेलधुराका २४, डोटीका ३, कैलालीका १२, कञ्चनपुरका २०, बर्दियाका ३, बाँकेका ३, रुकुमका १, प्युठानका २, दाङका ५४, धनुषाका १, रामेछापका २, गुल्मीका ८, रुपन्देहीका २६, पाल्पाका १७, सुर्खेतका ४०, दैलेखका २९ ,सिन्धुलीका १ र धादिङका २५ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिएका छन् भने १९ जनाले ज्‍यान गुमाइसकेका बताएका छन्।

यस्तै हालसम्‍मा ९७४ जना निको भएर घर फर्किएका छन् जसमा ८ सय ७७ पुरुष रहेका छन् भने ९७ जना महिला रहेका छन्। यस्तै कोरोनाबाट ज्‍यान गुमाउनेमा १६ जना पुरुष, १ महिला, १ बालक र १ बालिका गरी १९ जना रहेका छन्।

यसका साथै प्रदेश- १ मा हालसम्‍म ३ सय ७३ जना कोरोना संक्रमित छन् भने १६७ जना निको भएर घर फर्किएका छन्। यस्तै प्रदेश-२मा २ हजार १ सय ६ जना कोरोना संक्रमित छन् भने ४ सय २ जना निको भएका छन्। तीनजनाले ज्‍यान गुमाएको छ।

त्यसैगरी बागमती प्रदेशमा २१४ जना कोरोना संक्रमित, ४६ जना संक्रमणमुक्त छन् भने चारजनाले ज्‍यान गुमाएका छन्।

त्यसैगरी गण्डकी प्रदेशमा १९४ जना कोरोना संक्रमित पुगेको छ भने एकजनाले कोरोना भाइरसकै कारण ज्‍यान गुमाएका छन्।१४जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

यस्तै प्रदेश- ५मा कोरोना संक्रमतिको संख्या १ हजार ६ सय ३५ पुगेको छ भने ६ जनाको मृत्‍यु भएको छ। यस्तै २९३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

यस्तै कर्णाली प्रदेशमा ९ सय ८२ जना कोरोना संक्रमित भएका छन् भने तीनजनाको मृत्‍यु भएको छ। साथै २५ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन्।

त्यस्तै सुदूरपश्‍चिम प्रदेशमा २ सय ५६ जना कोरोना संक्रमित भएका छन् भने दुईजनाले कोरोनाबाट ज्‍याको गुमाएको छ। साथै २७ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्।

Sagun Sandesh

भर्खरै

लोकप्रिय