Homeसमाचारनेपालमा आज थप ४५१ संक्रमित, कुल संक्रमित ६२११, निधन १९, संक्रमणमुक्त १०४१

नेपालमा आज थप ४५१ संक्रमित, कुल संक्रमित ६२११, निधन १९, संक्रमणमुक्त १०४१

Sagun Sandesh

काठमाडौं । नेपालमा सोमबार थप ४ सय ५१ जना नयाँ कोराना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कारोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। तीमध्ये ५३२४ पुरुष र ४३६ जना महिला छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार मात्रै ६७ जना कोरोनालाई जितेर घर फर्किएको बताए जसमध्‍ये ७ जना महिला र ६० जना पुरुष छन्।

गौतमका अनुसार मोरङका २२, पर्साका १०, रौतहटका १०२, तनहुँका ५, अछामका ३, कैलालीका ३, डोटीका ४, बाँकेका ५, बर्दियाका १६,प्युठानका ३, दैलेखका ९३, महोत्तरीका ३०, धनुषाका ४, नुवाकोटका ३, अर्घाखाँचीका ३, चितवनका १, गुल्मीका ९, रुपन्देहीका १२, सुनसरीका ३, झापाका १, सुर्खेतका १९,रोल्पाका ४, काठमाडौँका ४, दाङका ४३, धादिङका ९, ललितपुरका १, बाराका १, कपिलवस्तुका १, पाल्पाका १०, सर्लाहीका २३ र सिराहाका ४ जना संक्रमित थपिएका हुन्।

यस्तै हालसम्‍मा १ हजार ४१ जना निको भएर घर फर्किएका छन् जसमा ९ सय ३७ पुरुष रहेका छन् भने १०४ जना महिला रहेका छन्। यस्तै कोरोनाबाट ज्‍यान गुमाउनेमा १६ जना पुरुष, १ महिला, १ बालक र १ बालिका गरी १९ जना रहेका छन्।

यसका साथै प्रदेश- १ मा हालसम्‍म ३ सय ९९जना कोरोना संक्रमित छन् भने १६८ जना निको भएर घर फर्किएका छन्।

यस्तै प्रदेश-२मा २ हजार २ सय ८० जना कोरोना संक्रमित छन् भने ४ सय ५१ जना निको भएका छन्। तीनजनाले ज्‍यान गुमाएको छ।

त्यसैगरी बागमती प्रदेशमा २३२ जना कोरोना संक्रमित, ५० जना संक्रमणमुक्त छन् भने चारजनाले ज्‍यान गुमाएका छन्।

त्यसैगरी गण्डकी प्रदेशमा १९९ जना कोरोना संक्रमित पुगेको छ भने एकजनाले कोरोना भाइरसकै कारण ज्‍यान गुमाएका छन्।१४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

यस्तै प्रदेश- ५मा कोरोना संक्रमतिको संख्या १ हजार ७ सय ४१ पुगेको छ भने ६ जनाको मृत्‍यु भएको छ। यस्तै ३०६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

यस्तै कर्णाली प्रदेशमा १ हजार ९४ जना कोरोना संक्रमित भएका छन् भने तीनजनाको मृत्‍यु भएको छ। साथै २५ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन्।

त्यस्तै सुदूरपश्‍चिम प्रदेशमा २ सय ६६ जना कोरोना संक्रमित भएका छन् भने दुईजनाले कोरोनाबाट ज्‍याको गुमाएको छ। साथै २७ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्।

Sagun Sandesh

भर्खरै

लोकप्रिय