टोकियो । जापानको राजधानी टोकियोमा विहिवार ४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएकाे छ।
विहिवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ५ हजार ६ सय ७४ पुगेको छ ।