काठमाडौं । आज नेपालमा थप ४२१ जना सङ्क्रमित भएका छन् । आज थपिएसंगै सङ्क्रमित नौ हजार २६ पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जानकारी दिनुभयो ।
थप १९४ जना निको भएर डिस्चार्ज भएका छन् । आजसम्म निको हुनेको संख्या एक हजार ७७२ पुगेको छ ।
उपत्यकाको ललितपुरमा एकजना महिला सङ्क्रमित भएका छन् ।
गुल्मीका एक पुरूषको मृत्यु भएको छ । असार ५ गते घरमै मृत्यु भएको हो । उहाँको स्वाब परीक्षणमा कोरोना पाइएको हो । योसँगै २३ जनाको मृत्यु भएको छ ।