Homeसमाचारनेपालमा थप ४६३ जना सङ्क्रमित , सङ्क्रमितको सङ्ख्या १२ हजार ७७२ पुग्यो

नेपालमा थप ४६३ जना सङ्क्रमित , सङ्क्रमितको सङ्ख्या १२ हजार ७७२ पुग्यो

Sagun Sandesh

काठमाडौं ।नेपालमा  थप  ४६३ जनामा कोरोना पुष्टि भएको छ  । योसँगै सङ्क्रमितको संख्या १२ हजार ७७२ नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४६३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।थप १७९ डिस्चार्ज भएका छन् । योसँगै निको हुने तीनहजार १३ पुगेको छ ।प्रवक्ता प्रा।डा।जागेश्वर गौतमका अनुसार मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ, ललितपुर, बाजुरा, कास्की, नवलपुर, बागलुङ, सल्यान, लमजुङ, म्याग्दी, कपिलबस्तु, पाल्पा, प्युठान, दाङ, रोल्पा, रुकुम पश्चिमलगायतका जिल्लामा गरी थप ४६३ जनामा कोरोना पुष्टि भएको हो  । 

Sagun Sandesh

भर्खरै

लोकप्रिय