काठमाडौं । कोरोना भाइरस कोभिड-१९ बाट नेपालमा थप एकजनाको मृत्यु भएको छ । अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
बयलपाटामा उपचारका क्रममा मृत्यु भएका ती पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो समेत गरी अहिलेसम्म मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
नेपालमा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कुल १४ हजार ४६ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।