काठमाडौं । नेपालमा आज ७४० सङ्क्रमित थपिएका छन् । यो संगै कोरोना भाइरस (कोभिड–१९ )सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । याे अहिले सम्म एकै दिन पुष्टि भएकाे उच्च संख्या हाे ।
देशभर छहजार १४३ डिस्चार्ज भएका छन् । देशभरबाट ८२३ जना निको भएर घर फर्केका छन् । कोरोना भाइरसका कारणले काठमाडौंमा थप एकजनाको निधन भएको छ । नयाँ वानेश्वरमा बस्ने ८५ वर्षीय एक पुरुषको भाइरसका कारणले निधन भएको पत्रकार सम्मेलनमा प्रा. डा. गौतमले जानकारी दिनुभयो ।