Homeकोशीदुर्गाप्रसाद तिम्सिनालाई नेपाली नागरिकताको प्रमाणपत्र

दुर्गाप्रसाद तिम्सिनालाई नेपाली नागरिकताको प्रमाणपत्र

Sagun Sandesh

इलाम । इलामको माई नगरपालिका –१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाण पत्र पाएका छन् । ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर गत आइतबार नेपाल फर्किएका तिम्सिनाले नागरिकता लिएका हुन । 

उनले बिहिबार जिल्ला प्रशासन कार्याल इलाममा पुगेर नागरिकता लिएका हुन् । प्रशासनले उनी पुगेको २० मिनेटमै नागरिकता दिएको छ । भतिजो गोपाल तिम्सिना, भाई धिरेन्द्र शर्मा रमण सहित जिल्ला प्रशासन कार्यालयमा नागरिकताको लागि पुगेका दुर्गाप्रसादलाई प्रशासकीय अधिकृत देवीचरण फुयाँँलले ०३–०१–७७ –०३२५१ नागरिकता प्रमाण पत्र नम्बर भएको नागरिकता प्रदान गरेका थिए । 

नागरिकता लिन कार्यालय आएका उनलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले खादा ओडाएर सम्मान गरेका थिए । तिम्सिनाको साबिकको इलामको एकातप्पा गाविसको दोकानडाडामा २०१७ साल साउन २० गते जन्म भएको हो । नागरिकता पाउँदा आफूलाई खुसी लागेको उनले प्रतिक्रिया दिए ।

धेरैलाई लाग्न सक्छ, ४० वर्ष भारतीय जेल बसेका दुर्गाप्रसाद तिम्सिना घर फर्किएपछि सबै समस्याको हल भयो । तर घरको यथार्थ फरक छ । दुर्गाप्रसाद आफैं पनि मानसिक बिरामी छन । उनको घरमा भाइको परिवार, बहिनी र आमा छन । ४० वर्षदेखि भारतीय जेलमा बन्दी जीवन बिताइ नेपाल फकिएका तिम्सिनालाई कोलकोताको उच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको थियो । सन् १९८१ मा हत्या अभियोगमा दार्जिलिङ जेल परेपछि उनलाई २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकोता जेल लगिएको थियो ।

दिपक जैसी नामले चिनिने तिम्सिना कोलकोतास्थित दमदम सेन्ट्रल जेलमा बस्दा बस्दै सेतै फुली सक्नुभएको छ । एक महिना अघि कोलकातोस्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उहाँलाई जेल मुक्त गराउने काम थालिएको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय