टोकियो । पर्वत समाज जापानको नव निर्वाचित कार्यसमितिको सपथ तथा पदास्थापन कार्यक्रम सम्पन्न भएको छ ।
निवर्तमान कार्यसमिति, निर्वाचन समिति र नवनिर्वाचित कार्यसमितिको उपस्थितीमा नवननिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक ओम गुरुङले सपथ ग्रहण गराउनु भएको थियो । भर्चुअल जुम मार्फत भएको कार्यक्रममा निवर्तमान समितिले नवनिर्वाचित समितिका अध्यक्ष जनक सुबेदीलाई बुझबुझारथ गरेका थिए ।
सोहि अवसरमा नवनिर्वाचित पर्वत समाज जापानका अध्यक्ष जनक सुवेदीको अध्यक्षतमा बसेको पहिलो बैठकले संरक्षक, सल्लाहकार र प्रवक्त्ता चयन गरेको महासचिव राम बास्तोलाले जानकारी दिनुभयो । बैठकले पर्वत समाज जापानको संरक्षकमा निर्वतमान अध्यक्ष सुजन जोशिलाई मनोनित गरेको छ । सल्लाहकारमा एनआरएन आईसिसि कोष्ध्यक्ष महेश श्रेष्ठ, एनआरएन जापानका पूर्व अध्यक्ष ओम गुरुङ, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, सस्थापक अध्यक्ष ईश्वर जोशी एवं हिमाल भट्टराईलाई मनोनित गरेको छ । समाजको प्रवक्तामा रबिन शर्मा मनोनित भएका छन् ।
बैठकले जापानको विभिन्न क्षेत्रमा क्षेत्रिय समिति बिस्तार सहित एक बर्षको योजना बनाउने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।