Homeसमाचारजापानवासी नेपालीद्वारा नेपालका लागि सहयोग हस्तान्तरण

जापानवासी नेपालीद्वारा नेपालका लागि सहयोग हस्तान्तरण

Sagun Sandesh

काेराेनाकाे दाेश्राे लहर महामारीका रुपमा फैलिरहेकाे नेपालमा राहत स्वरुप जापानबाट सहयाेग प्रदान गरिएकाे छ ।

मातृभूमिका लागि कोभिड -१९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापानले कोभिड -१९ को दोश्रो लहरले नेपालमा पारेको प्रभावलाई कम गर्ने उद्देश्यले जापानमा संकलन गरिएको रकमद्वारा खरिद गरिएका स्वास्थ्य सामग्रीहरु नेपाल लैजानका लागि साेमवार हस्तान्तरण गरिएको हाे।

एनआरएनए आईसिसिका निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा जापानका लागि नेपालका राजदूत प्रतिभा राणा संरक्षक रहेको समितिले जापानबासी नेपाली तथा जापानमा क्रियाशिल संघ सस्थाहरुको सहभागितामा ५३ लाख ६७ हजार २ सय ११ संकलन गरि एम्बुलेन्स, अक्सिमिटर, वाई कनेक्टर सहित अक्सिजन प्लान्टका लागि पनि रकम प्रदान गरेको जनाईएकाे छ । सोमबार एनआरएन जापानको कार्यलय टोकियोमा संयोजक भट्टले संकलन भएको सहयोग रकम र त्यहि रकमबाट खरिद गरिएका ११ प्रकारका सामानहरु सहितको प्रतिवेदन आईसिसि कोषध्यक्ष महेश श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरण गरिएका सामग्रीको विवरण –

सहयोगीहरुको नामवली:

Sagun Sandesh

भर्खरै

लोकप्रिय