Homeसमाचारसपना रोका मगरसहित हाम्रो टिम नेपालका १७ अभियन्ता रिहा

सपना रोका मगरसहित हाम्रो टिम नेपालका १७ अभियन्ता रिहा

Sagun Sandesh

काठमाण्डाै । काठमाडौं । बीबीसीको ‘टप १०० प्रभाशाली महिला’को सूचीमा परेकी सपना रोका मगरसहित ‘हाम्रो टिम नेपाल’का अभियन्ताहरु पक्राउपछि रिहा भएका छन् ।

महानगरपालिकासँग समन्वय नगरी सार्वजनिक जग्गा मिचेको भन्दै उनीहरुलाई सोमबार बिहान ११ बजे पक्राउ गरिएको थियो । आज साँझ उनीहरुलाई रिहा गरिएको हो ।

सबैजनालाई प्रहरीले पक्राउ गरेर भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखेको थियो ।

काठमाडौँ महानगरपालिकाले ‘हाम्रो टिम नेपाल’ प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गा खाली गराएको थियो । जग्गा खाली गराउने क्रममा हाम्रो टिम नेपालका अध्यक्षसहित केही सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

अनामनगरको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटकपटक ताकेता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो ।

सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहरा समेत भत्काएको छ । खाली गराउने क्रममा प्रहरीले हाम्रो टिम नेपालका अभियानी विमल पन्त, सपना लगायतका अभियानीहरुलाई नियन्त्रणमा लिएको थियो।

उक्त जग्गा प्रयोगका बारेमा स्थानीय र हाम्रो टिम नेपालबीच विवाद समेत भएको थियो । हाम्रो टिम नेपालले निषेधाज्ञाका समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय