Homeकोशीसिटौलालाई हराउँदै राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन दोस्रो पटक निर्वाचित

सिटौलालाई हराउँदै राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन दोस्रो पटक निर्वाचित

Sagun Sandesh

झापा । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन प्रतिनिधिसभा सदस्यमा पुनः विजयी भएका छन्। 

यो जितसँगै उनी दोस्रो पटक सांसद बनेका छन्। एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका लिङदेनले लिङदेनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले हराएका हुन्। सिटौला सत्तारूढ गठबन्धनका साझा उम्मेदवार थिए। 

लिङदेनले ४० हजार ६४८ मत ल्याएकोमा सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका छन्। दुई पटक लिङदेन र दुई पटक सिटौलाले जिते। 

यस क्षेत्रमा १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए।

Sagun Sandesh

भर्खरै

लोकप्रिय