Homeअन्तर्राष्ट्रियजापानको सेन्दाईमा बस दुर्घटनामा दुई नेपाली र एक जापानी नागरिकको मृत्यू

जापानको सेन्दाईमा बस दुर्घटनामा दुई नेपाली र एक जापानी नागरिकको मृत्यू

Sagun Sandesh

टोकियो । जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थी सहित तीनकाे मृत्यु भएको छ।

जापानको सेन्दाई सहर नजिक गत मंगलवार साँझ बस दुर्घटना भएको थियो । सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा केही समस्या देखिए पछि कुरिहारा सिटि नजिकको हाईवेमा रोकि राखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई नेपाली विद्यार्थी नवराज तामाङ र युवाराज थापाको निधन भएको जापान प्रहरीलाई उद्धृत गर्दै जापानी संचार माध्यमहरुले समाचार प्रकाशन गरेका छन् । दुर्घटनामा बसका चालक ५० बर्षिया जापानी महिला समेत कुल ३ जनाको मृत्यु भएको जनाईएको छ ।

उक्त बसमा पार्ट टाईम कामबाट फर्किदै गरेका ३९ जना नेपाली र एक जना बंगलादेशी नागरिक सवार उक्त बसमा धुँवा देखिएपछि एक्सप्रेस रोडमा रोकेर चेक जाँच गर्ने क्रममा समान दिशाबाट आएको ट्रकले उक्त बसलाई ठक्करदिएपछि सो बस उछिट्टिएर १ सय मिटर पर पुगेको थियो। घटनामा अन्य केही घाईते भएपनि हाल उनीहरुको अवस्था सामान्य रहेको जनाईएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय