Homeपत्रपत्रिकाबाटभारतसँगको सीमामा आवतजावत अनिश्‍चितकाललाई बन्द

भारतसँगको सीमामा आवतजावत अनिश्‍चितकाललाई बन्द

Sagun Sandesh

अन्तराष्ट्रिय उडान पनि वैशाख १८ गतेसम्मका लागि स्थगित

काठमाडौँ । लकडाउन १२ दिन थप्ने निर्णय गरेसँगै सरकारले छिमेकी भारतसँगको सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गरेको छ ।

‘भारतमा कोरोनाको प्रकोप फैलिइरहेको छ। यसैले भारतमा कोरोनाको प्रकोप साम्य नभइन्जेललाई आवतजावत बन्द गर्ने निर्णय गरिएको छ,’ मन्त्रिपरिषद स्रोतले बतायो।

लकडाउनको समयमा नै स‌ंक्रमितहरु भारतबाट नेपाल प्रवेश गरेको खुलासा भएपछि सरकारले सीमामा थप कडाइ गर्ने पनि निर्णय गरेको छ। कञ्चनपुर र रौतहटका संक्रमित युवा लकडाउन घोषणा गरिएपछि पैदलै नेपाल प्रवेश गरेका थिए। अत्यावश्यक सामाग्री र खाद्यवस्तुको आपुर्तिलाई भने रोकिने छैन। संक्रमण बढ्न थालेपछि भारतले पनि मंगलबार नै २१ दिने लकडाउनलगत्तै अर्को १९ दिन लकडाउन थप गरिसकेको छ।

सरकारले अन्तराष्ट्रिय उडान पनि वैशाख १८ गतेसम्मका लागि स्थगित गरिसकेको छ।

(याे खबर ईकान्तिपुरबाट साभार गरिएकाे हाे )

Sagun Sandesh

भर्खरै

लोकप्रिय