Homeराजनीतिसरकारको सिफारिसमा राष्ट्रपतिद्वारा दुइवटा अध्यादेश जारी

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा दुइवटा अध्यादेश जारी

Sagun Sandesh

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन र संविधानिक परिषद् सम्वन्धित दुइ वटा अध्यादेश जारी गर्नु भएको छ ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्नु भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय