प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। कोरोनाभाइरसको संक्रमण बढिरहेको र नेपाली भूमि लिपुलेकमा भारतले बाटो बनाएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरूलाई बालुवाटार बोलाएका हुन्।
प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले दिउँसो ४:३० बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखहरू र पूर्वप्रधानमन्त्रीलाई आमन्त्रण गरिएको जानकारी दिएका छन्।
भारतले लिपुलेक पनि समेटेर नयाँ नक्सा जारी गरेपछि गत कात्तिकमा पनि प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएका थिए।
(सेताेपाटीबाट साभार)