Homeराजनीतिसकियो नेकपा सचिवालय बैठक, स्थायी समितिबारे छलफल नै भएन

सकियो नेकपा सचिवालय बैठक, स्थायी समितिबारे छलफल नै भएन

Sagun Sandesh

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास वालुवाटार बसेको नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा शुक्रबार राट्रपतिले संसदमा प्रस्तुत गर्न लागेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमकारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमका बारेमा सचिवालयको धारणा माग गरेका थिए । सचिवालय सदस्यहरू महत्वपूर्ण सुझावहरु दिए । मिति तोकेपछि २ पटकसम्म स्थगित भएको स्थायी समिति बैठकबारे भने यस बैठकमा कुनै छलफल नभएको प्रवक्ता  श्रेष्ठले  बताए।

Sagun Sandesh

भर्खरै

लोकप्रिय