सरकारको आर्थिक वर्ष २०७७ /०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।
नीति तथा कार्यक्रममा सांसदहरुले उठएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि बहुमतले पारित भएको हो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतबाट पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गर्नुभयो । सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।
यसअघि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्न आग्रह गर्नुभएकाे थियाे। संसदको अर्को बैठक जेठ १३ गते बस्नेछ ।