Homeराजनीतिसंविधान संशोधनको खुशियालीमा... (फाेटाे फिचर)

संविधान संशोधनको खुशियालीमा… (फाेटाे फिचर)

Sagun Sandesh

काठमाडौं। प्रतिनिधि सभाबाट आज निशान छापमा नेपालको नयाँ राजनीतिक नक्शा प्रयोग गर्ने विधेयक पारित भयो। र, यो विधेयक राष्ट्रिय सभाबाट भोलि पेश गर्ने कार्यसूची छ। 

आजको दिनलाई ऐतिहासिक भन्दै देशभर दीप प्रज्ज्वलन गरेर खुशियाली मनाइएको छ। सरकारले औपचारिक रूपमा आह्वान नगरेपनि नागरिकहरू स्वतःस्फुर्त रूपमा दीप प्रज्ज्वलनमा सहभागी भएका छन्। 

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्शालाई निशान छापमा प्रयोग गर्ने सम्बन्धी विधेयकलाई आज प्रतिनिधि सभाले पारित गरेको हो। 

प्रतिनिधि सभाको बैठकमा उपस्थित २५८ जना सांसदहरूले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए। 

प्रतिनिधि सभाबाट विधेयक पारित भएको खुशियालीमा काठमाडौंको शहीद गेटअगाडि दीप प्रज्ज्वलन गरिएको छ।

हेरौं देखापढीका फोटो पत्रकार गोपेन राईले लिएका केही तस्वीर :

देखापढीबाट साभार ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय