Homeराजनीतिनेकपा बैठकमा प्रधानमन्त्रीलाई राजीनामा दिन दबाब

नेकपा बैठकमा प्रधानमन्त्रीलाई राजीनामा दिन दबाब

Sagun Sandesh

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठक अन्तर्गत मंगलबारको बैठक सकिएको छ ।बैठकमा १८ जना सदस्यले धारणा राखेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।बैठकमा यसअघि तय भएका एजेन्डाभन्दा बाहिर गएर आज नयाँ दुई एजेन्डामा छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । यस अघि असार १० गतेको बैठकले साट एजेन्डामा बैठक बस्ने तय गरेको थियो । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आइतबार राखेको धारणा र निर्वाचन आयोगमा दुई दिन अगाडी नेकपा एमाले नामको पार्टी दर्ताका लागि परेको निवेदनको सम्बन्धमा छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
आजको बैठकमा बोल्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले प्रधानमन्त्रीको राजीनामा मागेका थिए  ।  

आजको बैठकमा धारणा राख्ने सदस्यहरुमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट, भीम आचार्यलगायत रहेका छन् ।

बैठक जारी रहेको र अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने प्रवक्ता श्रेष्ठ जानकारी दिएका छन् ।

एमाले दर्ताका लागि निवेदन :

निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि आवेदन परेको छ ।  

झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा दुई दिन अघि नै निवेदन दिएको खुलासा भएपछि आजको नेकपाको बैठक समेत प्रभावित बनेको छ ।

आजको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसबारेको एजेन्डा प्रवेश गराउदै यसमा प्रधानमन्त्रीको धारणा मागेका थिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आइतबार राखेको धारणा र निर्वाचन आयोगमा दुई दिन अगाडी नेकपा एमाले नामको पार्टी दर्ताका लागि परेको निवेदनको सम्बन्धमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले समेत नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको पुष्टि गरेको छ ।

प्रचण्डसहित शिर्ष नेताहरुले मागे ओलीको राजीनामा :

नेकपा मंगलबारको स्थायी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको छ । मंगलबारको बैठकमा धारणा राखेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीप्रति आक्रोश पोख्दै राजीनामा मागेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार दिएको भारतले आफुलाई हटाउन लागेको भन्दै दिएको अभिव्यक्तिको आलोचना गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीको अभिव्यक्ति गम्भीर रहेकाले को को सक्रिय भए जानकारी दिन माग गरेका थिए ।

प्रचण्डले बैठकमा प्रधानमन्त्री र अध्यक्ष दुवै छोड्न आफुले माग गरेको भन्दै भारतले होइन राजीनामा मैले मागेको हु भनेको बैठकमा उपस्थित सदस्यले खरीबोटलाई जानकारी दिए ।

बैठकमा प्रचण्डले भने, ‘प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट छोड्नुस्, यो कुरा दिल्लीले भनेको होइन, मैले भनेको हो।’ प्रचण्डले त्यो बेला नक्शा समेत जारी नभएको समेत स्मरण गराएका थिए । 

आइतबार मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आफूलाई हटाउन भारत सक्रिय भएको भन्ने भनाईमाथि आजको बैठकमा बोल्ने सबैले स्पष्ट पार्न आग्रह गरेका छन् । निश्चित एजेन्डा तोकिएर बैठक भइरहेको भएपनि प्रधानमन्त्रीको यो भनाईमाथि आज बोल्ने सबैले प्रश्न उठाएका छन् ।

मंगलबारको बैठकमा बोलेका प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल तथा वामदेव गौतमले आफ्नो भनाईलाई प्रष्ट पार्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।  

Sagun Sandesh

भर्खरै

लोकप्रिय