काठमाडौं । मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्न सिफारिस गरेको छ । आईतवार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।
मन्त्रिपरिषदकाे बैठक बस्नु अघि ओलीले आफूसँग लडाईँमा होमिएका प्रचण्डसँग अन्तिम वार्ता गर्नुभएकाे थियाे।
प्रचण्डसँग वार्ता गर्नुअघि ओलीले आकश्मिक मन्त्रिपरिषद् बैठक बोलायनु भएकाे थियाे र बैठकका लागि मन्त्रिहरु बालुवाटारमै प्रतिक्षा गरिरहेका बेला प्रचण्डसँग उहाँले वार्ता गर्नुभएकाे हाे ।
त्यसअघि ओलीले आफू निकट नेताहरुसँग लामो छलफल गर्नुभएकाे थियाे। आइतबार बिहानै ओली राष्ट्रपतिलाई भेट्न शितल निवाससमेत जानुभएकाे थियाे।