काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतले अनुमति नदिने फैसला गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सो फैसला गरेको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार फैसला पुनरावलोकनका लागि निवेदन दर्ता गरेका थिए ।
गत २३ फागुनमा सर्वोच्चले ऋषिराम कट्टेलको पक्षमा फैसला गरेको थियो । सर्वाेच्चको फैसलाले माओवादी केन्द्र र एमालेबीचको एकता पनि बदर गरिदिएको थियो । सोही फैसलाविरुद्ध प्रचण्ड पुनरावलोकनका लागि सर्वाेच्च गएका थिए ।