काठमाडौं । नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बन गरेको साता दिन नबित्दै एमालेले भुसाल र पाण्डेलाई पनि ६-६ महिनाका लागि निलम्बन गरेको हो । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई निलम्बन गरेका गर्नुभएको हो ।
एमालेको केन्द्रीय समितिले गत चैत ८ गते चार नेतामाथि स्पष्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिनुभएको थिएन । फेरि उहाँहरूमाथि १६ गते दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो ।
त्यसको जवाफ उहाँहरूले १७ गते दिनुभएको थियो । सोही स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको भन्दै उहाँहरुलाई निलम्बन गरिएको हो । यसअघि अध्यक्ष ओलीले नेता माधव कुमार नेपाल र भीम रावललाई पनि स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीबाट निलम्बन गर्नुभएको थियो ।