Homeराजनीतिराप्रपा अछामका नेता रामबहादुर चलाउने काँग्रेसमा प्रवेश

राप्रपा अछामका नेता रामबहादुर चलाउने काँग्रेसमा प्रवेश

Sagun Sandesh

काठमाडौ । राप्रपा अछामका नेता रामबहादुर चलाउने नेपाली काँग्रेसमा प्रवेश गर्नुभएकाे छ। २०३६ साल देखि राजनीतिमा सकृय चलाउनेलाई शनिवार नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक रुपमा काँग्रेसको सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गराउनुभएको हो ।

२०४७ साल देखि राप्रपा पार्टीमा रहेर काम गरिरहेका चलाउने पूर्व जिल्ला बिकास समिति अछामका सदस्य हुनुका साथै २०७० सालको आमनिर्वाचनमा राप्रपा पार्टीका तर्फबाट अछाम क्षेत्र नम्बर २ बाट सांसदको उम्मेद्‍वारी दिदै पराजित हुनु भएकाे थियाे ।

तुर्माखाद गाउँपालिका वडा नम्बर ७ तोषी निवासी नेता चलाउने पूर्व शिक्षक पनि हुनुहुन्छ । शिक्षण पेशा पृष्ठभुमी भएका चलाउने उक्त पेशा छोडिसकेपछी निरन्तर राजनीतिमै कृयाशिल हुनुहुन्छ । शनिबारको देउवा निवासमा भएको एक कार्यक्रममा सभापति देउवाले उहालाई पार्टीमा स्वागत गर्नुभयो भने चलाउनेले अबको सबै समय काँग्रेस पार्टीमा रहेर जनताका लागि सेवा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।

उक्त कार्यक्रममा अछाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रामबहादुर बिष्ट, नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति भरत कुमार स्वार, पूर्व महाधिवेशन प्रतिनिधि मानबहादुर रावल, क्षेत्रीय सभापति लक्ष्मण शाह लगायतको उपस्थिति रहेको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय