Homeराजनीतिप्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, वार्ता सकारात्मक भएको दाबी

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, वार्ता सकारात्मक भएको दाबी

Sagun Sandesh

काठमाडौं  । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र  जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

समाचार स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच आज दिउँसो करिब डेढ घण्टा लामो कुराकानी भएको थियो ।

पछिल्लो समय जसपाले आफ्ना माग र मुद्दा प्रधानमन्त्री ओलीले नै सम्बोधन गर्ने विश्वास लिएको छ । यसको लागि अध्यक्ष ठाकुर र नेता महतोले लगातार छलफल गरिरहनु भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको भेटमा दुई पक्षको कार्यदलका सदस्यहरु समेत सहभागी रहेको स्रोतको दावी छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री ओली नेतृत्वको सरकार विस्थापित गरेर आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गरिरहेको बेला प्रधानमन्त्री र जसपा अध्यक्ष ठाकुरबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री ओली जसपाको साथ लिएर सरकार टिकाइ राख्ने पक्षमा हुनुहुन्छ । जसपाकै अर्को पक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने जसरी पनि ओली सरकार ढाल्ने पक्षमा हुनुहुन्छ ।

सत्ता समिकरणमा निर्णायक बनेको जसपाले हालसम्म अहिले कुनै निर्णय गरेको छैन । 

जसपाको अर्को पक्ष कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाबीच सत्ता सहकार्यको लागि प्रयास गरिरहेको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय