Homeकर्णाली प्रदेशएमालेका तीन सांसद निश्कासित, ज्वालालाई कारबाही सिफारिस

एमालेका तीन सांसद निश्कासित, ज्वालालाई कारबाही सिफारिस

Sagun Sandesh

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका तीन सांसदलाई कारबाही गरेको छ ।

प्रदेश कमिटीको शनिबार बसेको वैठकले संसदमा माओवादी सरकारको पक्षमा मतदान गर्ने सांसदहरु नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको प्रदेश कमिटीका अध्यक्ष गोरखबहादुर बोगटीले जानकारी दिनुभयो ।

सांसद प्रकाश ज्वाला भने केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य रहेकाले कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको छ । संसदीय दलले शुक्रबार नै चारै जना सांसदलाई कारबाहीका लागि सिफारिस गरेको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय