काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो निष्ठालाई कसैले तोडन नसक्ने बताउनु भएको छ ।
आइतबार काठमाडौंमा पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा बोल्दै सभामुख सापकोटाले आफ्नो विवेकले देश र जनताको हितको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने बताउनुभयो । शनिबार बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा दर्ता भएको एमसिसि प्रस्ताव सभामुखले रोकेको आरोप लगाउनु भएको थियो । कार्यक्रममा बोल्दै सभामुख सापकोटाले एमसिसि सम्बन्धी विधेयकको प्रसङ्ग नभनेपनि आफूलाई स्वतन्त्रपूर्वक काम गर्न कसैले रोक्न नसक्ने बताउनुभयो । कसैले काम गर्न अवरोध गरे रोक्न खोजेपनि नरोकिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संसदलाई सार्वभौम बनाउन आफ्नो सम्पूर्ण समय लगाएको पनि बताउनुभयो । खास समयमा सभामुखको जिम्मेवारी पनि विशेष भएर आउने भन्दै सभामुख सापकोटाले जनताको अभिमतलाई मान्य हुनेगरी निर्णय गर्ने प्रष्ट पार्नुभयो ।
संघीय संसदलाई गतिशिल बनाउन खोज्दा घेरावन्दी गरिएको बताउनुभयो । संसदको काम कारबाहीलाई लिएर भ्रम छर्न खोजिएको पनि बताउनुभयो । अहिले पनि घेराबन्दी गरेर विभिन्न टिकाटिप्पणी गर्न थालिएको बताउनुभयो । यसरी भ्रममा पारेर सँधै कसैलाई बसमा पार्न नसकिने पनि बताउनुभयो ।
संसदमा विचाराधिन विधेयकमा सभामखुले अवरोध गरेको आरोप लगाइएपछि सभामुख सापकोटाले प्रधानमन्त्री र एमसिसि शब्दको उच्चरण नगरी स्पष्टिकरण दिनुभएको छ ।