Homeराजनीतिएमालेले सोध्यो माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण (नामावलीसहित)

एमालेले सोध्यो माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण (नामावलीसहित)

Sagun Sandesh

काठमाडौं । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा (एमाले) ले नेता माधवकुमार नेपालपक्षीय संघीय २७ सांसदलाई स्पष्टीकरण सोधेको छ ।

संघीय सांसदलाई पठाइएको तीन पाने स्पष्टीकरण पत्रमा एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टीको अभ्यास गरेको भन्दै कारवाही किन नगर्ने भनेर सोधिएको छ ।

नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि गरेको भन्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, तपाईंलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने ? आधार कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशन गर्दछु ।’

पत्रमा यस्ता गतिविधि कायम रहे जुनसुकै बेला थप कारबाही हुनसक्ने चेतावनी दिइएको छ ।

कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

स्पष्टीकरण सोधिने मध्येमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुषाल, योगेशकुमार भट्टराई, सुरेन्द्र पाण्डे, झपट रावल, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, नीरादेवी जैरु, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, मुकुन्द न्यौपाने हुनुहुन्छ ।

सोमबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न लगाउने नेता नेपालसहित चार र फ्लोर क्रस गर्ने चार सांसदलाई अन्तिम चेतावनियुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय