काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेपछि माधवकुमार नेपाल पक्षका सांसदहरू छलफलमा जुटेका छन् ।
मंगलबार एमालेले नेता नेपालसहित २७ जना सांसदलाई पार्टी अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरण सोधेको केही समयभित्रै नेपालसहित सांसदहरू आन्तरिक छलफलमा जुट्नु भएको छ । स्रोतका अनुसार नेपालसहितका नेताहरु बानेश्वरको एक होटल बसेर छलफल गरिरहनु भएको छ ।