Homeराजनीतिनेपाल पक्षका सांसदले ओलीले सोधेको स्पष्टिकरणको जवाफ बुझाए (पूर्णपाठ सहित)

नेपाल पक्षका सांसदले ओलीले सोधेको स्पष्टिकरणको जवाफ बुझाए (पूर्णपाठ सहित)

Sagun Sandesh

काठमाडौं । नेकपा एमालेको नेता माधवकुमार नेपाल पक्षका सांसदहरुहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट सोधिएको स्पष्टिकरणको जवाफ बुझाएका छन् ।

संघका २७ सांसदले बिहीबार एमाले प्रमुख सचेतक विशाल भट्टराई जवाफ बुझाएको नेता नेपालले जानकारी दिएका छन् । प्रदेशका चार संसादले पनि जवाफ बुझाउँदै छन् ।

नेता नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुले बुद्धनगरस्थित नेतृ सहाना प्रधान प्रतिष्ठानमा छलफल गरेर तयार पारेको जवाफ बुझाएका हुन् ।

ओलीले संघ र प्रदेशका गरि नेता नेपाल र खनाल पक्षका ३२ जना सांसदलाई विधानविपरीत पार्टी र सरकारविरुद्ध उत्रिएको र छुट्टै पार्टी गठनमा लागेको आरोपसहित स्पष्टिकरण सोधेका थिए ।

ओली र नेपालबिच बुधबार वार्ता भएको थियो, तर सहमति बनेको थिएन । दुई नेताबिच बिहीबार दिउँसो २ बजेपछि काठमाडौँको मेरियोट होटलमा वार्ता हुने तयारी छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय