पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा निर्णय हुने भनिएको प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरिएको सूचना टाँस गराउनु भएको छ । त्यसैगरी मतदानका लागि स्वतन्त्र सांसद दिपक मनाङे पनि बैठकमा उपस्थित हुनु भएको थिएन ।
दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको अराोप एमालेले लगाएको छ ।
राष्ट्रिय जनमोर्चाका ती सांसदमध्ये शाही सम्पर्कविहीन भएको भन्दै उहाँको अवस्था सार्वजनिक गर्न माग गर्दै जनमोर्चा संसदीय दलकी सचेतक थापाले केहीबेर अघि मात्र प्रदेशसभामा पत्र दिनु भएको थियो ।