Homeराजनीतिलुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेलले लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेलले लिए शपथ

Sagun Sandesh

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। आइतबार साँझ प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेललाई शपथ ग्रहण गराएका हुन्।

यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ४२ सांसदले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको नियुक्ति खारेज हुनुपर्ने भन्दै हस्ताक्षर बुझाएका थिए।

विपक्षी गठबन्धनले ४२ जना सांसदको हस्ताक्षरसहित बहुमत दाबी गरेकै अवस्थामा पोखरेलले शपथ लिएका हुन्। आज राजीनामा दिएर आजै मुख्यमन्त्री नियुक्त भएका पोखरेललाई प्रदेश प्रमुख यादवले राति ८ बजे शपथ गराएका थिए।

विपक्षी सांसदहरुले मुख्यमन्त्रीको शपथ रोक्न प्रदेश प्रमुख कार्यालयमा धर्ना नै दिएका थिए।

Sagun Sandesh

भर्खरै

लोकप्रिय