Homeराजनीतिमाओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

Sagun Sandesh

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । 

पार्टी कार्यालय पेरिसडाडाँमा आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

स्थायी कमिटी सदस्य गणेश साहका अनुसार समर्थन फिर्ताको औपचारिकता दिने निर्णय भएको हो । 

समर्थन त पहिले पनि नभएको बताउँदै उहाँले समर्थन फिर्ताको पत्र आजै बुझाउने भनिएपनि आज पाँच बजिसकेकाले भोलि बुझाइने बताउनु भयो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय