Homeराजनीतिमाओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ताको पत्र संसद् सचिवालयमा बुझायो

माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ताको पत्र संसद् सचिवालयमा बुझायो

Sagun Sandesh

काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ताको पत्र नेकपा माओवादी केन्द्रले संसद् सचिवालयमा बुझाएको छ । मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति  बैठकले सरकारलाई दिएको सर्मथन फिर्ता लिने र त्यसबारेको पत्र आज दर्ता गर्ने निर्णय गरेको थियो ।

बैठकले तीन प्रदेश प्रमुखहरुलाई बिनाकारण पदमुक्त गरेकोप्रति पनि आपत्ति जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादी केन्द्रका अध्यक्षको हस्ताक्षर रहेको पत्रमा कोरोनाको दोस्रो लहरसँग जुझ्ने सन्दर्भमा नालायकी एवं असक्षमता प्रदर्शन गरेको र राष्ट्रियताको मुद्दालाई सौदावाजीको विषय बनाएर देशलाई बाह्य शक्तिको क्रिडास्थल बनाउँदै लगिरहेको तथा लोकतान्त्रिक र संसदीय मान्यताविपरीत अध्यादेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्दत हुँदै गइरहेको आरोप लगाउँदै समर्थन फिर्ता गर्ने निर्णय गरेको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय