Homeबागमती प्रदेशचारजना सांसदसहित दुई जना कर्मचारीमा कोरोना संक्रमण

चारजना सांसदसहित दुई जना कर्मचारीमा कोरोना संक्रमण

Sagun Sandesh

काठमाडौं । प्रतिनिधिसभाका चारजना सांसद र दुई जना कर्मचारीमा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको छ । बिहीबार प्राप्त रिपोर्ट अनुसार सांसदहरु लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, पार्वती डिसी चौधरी र रामबाबु यावलाई कोरोना संक्रमण देखिएको हो।

हिजो सभामुखसहित १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएको थियो । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको बैठक बस्दैछ । त्यसका लागि सांसदको कोरोना परीक्षण गरिएको हो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय